फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने

काठमाडौँ - फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको अल्पकालीन प्रशासनको अन्त्य हुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री बार्नियरले बुधबार सरकारले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।
यदि प्रधानमन्त्रीलाई तीन महिना मा नै अविश्वासको मतविरूद्ध आफुप्रतिको समर्थन कायम गर्न नसकी बार्नियर सरकार ढलेमा राष्ट्रपति इमानुएल म्याक्रोँले बार्नियरको उत्तराधिकारी छान्न कठिन विकल्प रहनेछ ।
अविश्वासको मतका लागि नेशनल एसेम्बलीमा अर्को वर्षको बजेटलाई लिएर बार्नियरसँगको गतिरोधमा कट्टर वामपन्थी र अति दक्षिणपन्थीले ल्याएका दुई प्रस्तावमाथि छलफल गर्नेछ ।
तीन पटकराष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनको अति दक्षिणपन्थी नेसनल ¥याली (आरएन) ले वाम गठबन्धनले अघि सारेको प्रस्तावको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।
फ्रान्सेली टेलिभिजनमा बुधबारको मतदानमा उनको सरकार टिक्ने सम्भावना छ कि छैन भनी सोधिएको प्रश्नमा बार्नियरले भने, “ राजनीतिक मतभेदहरू, विचलनहरू, लोकतन्त्रमा सामान्य विरोधाभासभन्दा बाहिर म सरकार टिकोस् भन्ने चाहन्छु र यो सम्भव छ।”
तर अधिकांश विश्लेषकहरूले अति दक्षिणपन्थीहरूले वाम पन्थसँग अपवित्र गठबन्धन गरेर सरकार ढाल्ने विश्वास गरेका छन्।
ग्रीष्मयाममा म्याक्रोँले आह्वान गरेको मध्यावधि निर्वाचनले दक्षिणपन्थीहरूको यात्रालाई रोक्न सफल भएको थिएन र संसद्मा कुनै पनि दल वा गुटलाई बहुमत दिलाउन असफल भएको थियो ।
यसअघिका विधायिकी निर्वाचनको एक वर्षभित्र कुनै पनि नयाँ निर्वाचन हुन सक्दैन, जसले गर्दा म्याक्रोँको विकल्प खुम्चिएको छ

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया