चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा

जिल्लामा डेंगुको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेंगुको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो ।
उनले भने, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ । यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ ।” गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेङ्गी अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गरे । उनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ११ हजार नौ सय १९ जनाको डेङ्गी परीक्षण गर्दा तीन हजार छ सय ८७ सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये दुई हजार आठ सय ४६ जना चितवनका र बाँकी जिल्ला बाहिरका रहेका छन् । रुपाखेतीका अनुसार सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । जिल्लामा सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपािलकाका एक हजार एक सय ५३ बिरामी रहेका छन् । सबैभन्दा कम माडी नगरपालिकाका ३६ जना छन् ।
यो रोग घर वरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले सो समयमा विशेष सावधानी अपनाउनुपर्ने प्रमुख रुपाखेतीले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले बताए ।
डेंगु हुँदा ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्दछन् । त्यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्नेलगायत लक्षण देखापर्ने जनस्वास्थ्य अधिकृत पट्टेलले जानकारी दिए ।
डेंगुको ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको उनले बताए ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया