शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

भूमध्य सागरमा डुंगा डुब्दा ४३ जनाको मृत्यु

फाइल फोटो

काठमाडौँ : भूमध्य सागरमा डुंगा डुब्दा ४३ जनाको मृत्यु भएको छ । लिबियाबाट इटाली जाँदै गरेको डुंगा ट्युनिसिया नजिकको भूमध्य सागरमा डुबेर दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । ज्यान गुमाउने अधिकांश प्रवासीहरु छन् । डुबेको डुंगाबाट ८४ जनाको उद्धार गरिएको छ ।

डुंगामा बंगलादेश, इजिप्ट र सुडानका मानिस सवार रहेका पनि बिबिसीले उल्लेख गरेको छ । डुंगा दुर्घटनाको एकिन कारण नखुलेपनि इन्जिन बिग्रेपछि डुबेको हुन सक्ने अनुमान गरिएको छ । सुडान र इजिप्टका अधिकांश मानिसहरु आप्रवासीका रुपमा युरोपेली देश छिर्ने क्रममा डुंगाको यात्रा गर्दा दुर्घटना भएर ज्यान गुमाउने गरेका छन् ।