प्रदेश एक, दुई, बागमती र गण्डकीमा भारी वर्षा हुने
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले बिहान बुलेटिन जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको हो ।
विभागले देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । विभागले प्रदेश नं १, प्रदेश २ र गण्डकी प्रदेशका पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागले सोमबार देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार पनि मुलुकभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया