अफगानिस्तानको बादखसानमा भएको भीडन्तमा तीन सेनासहित २३ को मृत्यु

फैजाबाद : अफगानिस्तानको सरकारी फौज र यहाँका तालिबानबीच भएको दोहोरो भीडन्तमा परी २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भीडन्त भएको हो । त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् ।
भीडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् ।
सो क्षेत्रमा तालिबान लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबान मारिएका हुन् । त्यस क्रममा तालिबानले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए ।
ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघिदेखि ती तालिबानले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया