मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते

फाइल फाेटाे

कञ्चनपुर - कञ्चनपुरमा हाइस दुर्घटनामा परी ८ जना घाइते भएका छन्। मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको इलेक्ट्रिकल हाइस  गुलरियामा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको छ। 

तीव्र गतिका कारण हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। हाइसमा १० जना सवार थिए।