नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा चार जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको अभियोगमा ४ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत कोलकत्ता बाह्रसान बवुनगाद्धी घर भएका २४ वर्षीय सुमन धोष, भारत उत्तर प्रदेश कानपुर घर भएका २५ वर्षीय अमित यादव, भारत बिहार सहरसा-२ बखरी घर भएका २७ वर्षीय सुमन्त कुमार र भारत बिहार सहरसा हरंसरी घर भएका ३० वर्षीय ब्रजेश कुमार रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा संचालन भइरहेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पोर्टस बाजी, प्रोबो लगायतका अनलाइन बेटिङ एपबाट पैसाको हारजित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न उनीहरूलाई
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले क्रिकेट मैदान भित्रैबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया