कुष्ठरोग नियन्त्रण एवं जीवनस्तर सुधार सम्झौता

नवलपरासी- पश्चिम नवलपरासीमा कुष्ठरोग नियन्त्रण र जीवनस्तर सुधारका लागि रामग्राम नगरपालिका र लेप्रोसी मिशनबीच सम्झौता भएको छ ।
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो ।
आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो । द लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नगरपालिकासँगको साझेदारीमा एकीकृत कुष्ठरोग तथा अपाङ्गता कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुने भएको छ ।
त्यसका लागि करिब रु दुई करोड बराबरको कार्यक्रम रहेको संस्थाका प्रमुख पराजुलीले जानकारी दिनुभयो । नगर प्रमुख धनपत यादवले नगरपालिकाले लिएको स्वास्थ्य तथा जिविकोपार्जनका लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सञ्चालन हुने परियोजनाअन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य, खानेपानी र सरसफाइ तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने जनाइएको छ । –रासस

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया