एनपीएलमा पोखरा पराजित, चितवनले मार्यो बाजी

नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ । मंगलबार भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो ।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिन बाध्य भएको हो । पोखराका लागि नारायण जोशीले मा सर्वाधिक ३० रन जोडे पनि सो खेलमा मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्था भोग्नु पर्यो ।
कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्यमा बाहिरए पछि सो खेलमा दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट हुनु परेको थियो ।
उता, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिन सफल भएका थिए ।
टस हारेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य दिएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया