शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका ८ पोखरेमा भवनको शिलान्यास गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भवन निर्माणको लागि कोशी प्रदेश सरकारले रु २५ लाख र स्थानीय पालिकाबाट १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति भोजपुरका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । यो भवनबाट जिल्लाको शैक्षिक अवस्था तथा नविनतम विषयबस्तुको खोज तथा अनुसन्धान गरिने अध्यक्ष रेग्मीको भनाइ छ ।
‘शैक्षिक क्षेत्रको विकास तथा खोज अनुसन्धान गर्ने लक्ष्यले शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरेका छौँ’ अध्यक्ष रेग्मीले भने,‘भवन निर्माणको लागि प्रदेश सरकारसँगै स्थानीय पालिकाहरुको बजेटमा निर्माण थालेका छौँ । शिक्षहरुबाट पनि स्वतःस्फूर्त रुपमा रकम संकलन गरिरहेका छौँ ।’
अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणको लागि पौवादुङमा गाउँपालिकाबाट रु. तीन लाख, टेम्केमैयुङ गाउँपालिकाबाट दुई लाख ५० हजार, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाबाट दुई÷दुई लाख, हतुवागढी, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाट एक÷एक लाख गरी पालिकाहरुबाट रु.१४ लाख ५० हजार बजेट विनयोजन भएको जनाइएको छ ।
संगठनको नाममा रहेको तीन रोपनी, एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण थालिएको संगठनका सचिव विष्णुकुमार राईले बताए ।
भवनको शिलान्यास गर्दै पूर्व मूख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अनुसन्धान केन्द्र शिक्षक भवनले यहाँको शैक्षिक विकास तथा खोज अनुसन्धानमा सहयोग पुग्ने बताए । सामुदायिक विद्यालयहरुको खस्किदो शैक्षिक अवस्थाको सुधारसँगै भोजपुरबाट उत्पादित जनशक्तीलाई सक्षम र सफल बनाउन भवनको प्रयोग हुनु पर्नेमा उनले जोड दिए ।
‘शैक्षिक सुधारको लागि एक ऐतिहासिक कामको थालनी भएको छ’उनले भने,‘यो भवनलाई शैक्षिक सुधारको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्छ । हामीले दक्ष शैक्षिक जनशक्ति उत्पादनमा जोड दिन अवश्यक छ । यसले जिल्लाको समग्र शैक्षिक सुधारमा अग्रनी भूमिका खेल्नेमा आशावादी छु ।’
कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले कोशी सरकारले योजनाबद्ध विकासमा जोड दिएको बताइन् । जिल्लामा एउटा शैक्षिक अनुसन्धान केन्द्रको अवश्यकता रहेको ठहर गरेर प्रदेश सरकारले भवन निर्माणको लागि बजेट विनियोजन गरेको उनको भनाइ छ ।
कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएका योजनाहरुलाई समयमा सम्पन्न गराउन आवश्यक पहल कदमी गरिरहेको राज्य मन्त्री राईले जानकारी दिइन् । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले शैक्षिक अनुसन्धान केन्द्र निर्माणको लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको बताए । भवन निर्माणले शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धानमा टेवा पुग्ने राखे ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया