लक्ष्मी सनराइज बैंकद्धारा डिजिटल डिसेम्बरको छैठौं संस्करण सुरु

काठमाडौं - लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण ‘डिजिटल डिसेम्बर २०२४’ सुरु भएको छ ।
‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागि विभिन्न अफरहरु प्रदान गरिने बैंकले जनाएको छ ।
साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि सञ्चालन गरिनेछन् । अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउनका लागि सरलीकृत कर दाखिला,सहज बिजुली बिल भुक्तानी लगायतका योजनाहरु रहेका छन् ।
सरलीकृत कर दाखिला : डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी एक सय रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप एक सय रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी स्थायी लेखा नम्बर राष्ट्रिय परिचयपत्र अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन् ।
सहज बिजुली बिल भुक्तानी : मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस–कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस–कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि एक सय रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।
क्रेडिट कार्डमा विशेष अफर : तकककिएको योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान
आज किनौं, भोली तिरौं : क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी तीस हजार रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।
अन्तर–बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरुले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् ।
वित्तीय शिक्षा कार्यक्रम
अभियानको मुख्य भागका रुपमा “डिजिटल संवाद“ पनि एक हो । जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरु सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ ।
यी कार्यक्रमहरु वितीय साक्षरता, डिजिटल बैँकिङ्ग सुरक्षा र नविनतम डिजिटल बैंकिङ्ग सुविधाहरू लगायतका विषयहरुमा केन्द्रित हुनेछन् ।
चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुको माध्यमबाट अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखिएको छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KtjfLVo8gs_13ixflwm6w5gllpbowjxys5gvjwdhjufeh9xmdrg59j4svsr3uhwlo9hh5xp.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया