रवि लामिछानेलाई चितवन लगेपछि समर्थकहरुले प्रदर्शन

काठमाडौँ - सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।
रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरूले नारावाजी गरेका थिए ।
उनीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार नै काठमाडौंबाट चितवन लगिएको हो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया