रिजार्ज कार्डहरू बजारमा उपलब्ध भइसक्यो : नेपाल टेलिकम

काठमाडौँ- नेपाल टेलिकमको रिजार्ज कार्डहरू बजारमा उपलब्ध भइसकेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै टेलिकमले यसबारे जानकारी दिएको हो ।
विगत केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भइसकेको व्यहोरा बताइएको छ ।
केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशनरप्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत नेपाल टेलिकमले जनाएको छ ।
रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको जनाएको छ ।

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

प्रतिक्रिया