लामिछानेलाई चितवन ल्याइयो, समर्थकको नाराबाजी
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ ।
काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।
लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरे पछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।
चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले जवाफ दिने

प्रतिक्रिया