राष्ट्रवादी दल र शक्तिहरूलाई एकतावद्ध हुन कमल थापाको आग्रह

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकतावद्ध हुनुपर्ने भन्दै एकताका लागि आह्वान गरेका हुन् । उनले विगतका त्रुटि कमजोरीहरूबाट पाठ सिकेर नयाँ ढंगले बलियो वैचारिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।
राष्ट्रवादी भन्ने दलहरूले आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । उनले कांग्रेस–एमालेको विरुद्धमा जनता उत्रिएको देखिएपनि उनीहरूकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे । एकताको पूर्व सर्त आत्मीयता भएकाले विगतमा भएका कमजोरीलाई दोहोर्याएर एकता हुन नसक्ने उनको भनाइ छ ।
उनले विभिन्न प्रकरणमा भइरहेको अनुसन्धान लम्बाउने काम भएको र प्रहरीले पक्राउ गरेकाहरूलाई मानसिक तनाब दिने काम भएको आरोप समेत लगाए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया