सांसद सापकोटालाई कारबाही नगरेपछि जनमत पार्टीको असन्तुष्टि

जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरिएकामा असन्तुष्टि जनाएको छ ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आज विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेको र सांसद् पदबाटमुक्त गरेको व्यक्तिलाई संसद्ले बचाउ गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
“जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पु¥याएर कारबाही सदर गरिसकेको सदस्यलाई संविधानको भावना विपरीत संरक्षण गर्न खोजिएको छ, यसप्रति पार्टीको आपत्ति छ”, विज्ञप्तिमा भनिएको छ ।
सापकोटालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिए पनि संसद् सचिवालयले बचाउ गर्नेगरी पार्टीलाई पत्र पठाएकोप्रति उनको आपत्ति छ । सापकोटा जनमत पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद छन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया