सुर्खेतमा लागुऔषधसहित एक युवा पक्राउ

सुर्खेत : लागुऔषधसहित सुर्खेतबाट एक जना युवा पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले तिवारीको घर खानतलासी गर्दा एक सय ९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेला पारेको हो । प्रहरीले तिवारीको सुत्ने ओछ्यानको सिरानी मुनिबाट लागु औषध बरामद गरेको हो । प्रहरीले ब्राउन सुगरसहित नेपाली रुपैयाँ ७ हजार ३० बरामद गरिएको प्रहरीले जनाएको छ ।
शंकास्पद अवस्थामा फेला पारी तिवारीको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई राखेको ३ पुडिया लागू औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया