कुन दलले कहाँ-कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ- आइतबार भएको उपनिर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । ४१ स्थानमा भएको उपनिर्वाचनमा सोमबार बिहान साढे १२ बजेसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
हालसम्म सबैभन्दा बढी नेपाली कांग्रेसले १६ वडामा जितेको छ ।
नेकपा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक नगरपालिकाको एक उपप्रमुख र ६ वटा वडाध्यक्ष जितेको छ ।
त्यस्तै नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँगै ५ वडाध्यक्ष जितेको छ ।
जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेको छ ।
अब चार स्थानको अन्तिम मत परिणाम आउन बाँकी छ ।
कांग्रेसले जितेको वडा
१. बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
२. हेटौंडा उपमहानगरपालिका १२ वडाध्यक्ष अर्जुन प्रसाद तिवारी
३. मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ
४. भीमदत्त नगरपालिका ६ प्रकाश चन्द
५. ठाकुरबाबा नगरपालिका ४ अमिन थारु
६. गढी गाउँपालिका ६ तेतर साहु
७. रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,
८. ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक
९. सानीभेरी गाउँपालिका ५ मोती राम खत्री
१०. कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन
११. पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
१२. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१३. दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर
१४. कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह
१५. राजपुर नगरपालिका ६ मा समसे आलम
१६. कीर्तिपुर नगरपालिका- ४ मा राजेन्द्र बानियाँ
नेकपा एमाले जितेको पालिका र वडा
१. दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही
२. बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी
३. शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान
४. रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ
५. मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ
६. सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन
७. दुल्लु नगरपालिका-१३ लालबहादुर शाही
माओवादी केन्द्रले जितेको पालिका र वडा
१. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी
२. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने
३. धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट
४. गोरखा नगरपालिका ५ बिष्णु बहादुर मगर
५. पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध)
६. ककनी गाउँपालिका-२ कृष्ण घिमिरे
७. त्रियुगा नगरपालिका-१२ नविन कुमार वान्तवा राई
८. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ नरबहादुर झाक्री
जसपा नेपालले जितेको वडा
१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह
२. डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको वडा
१. काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादीले जितेको वडा
१. रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव
नेमकिपाले जितेको वडा
१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही
स्वतन्त्रले जितेको वडा
१. कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

प्रतिक्रिया