कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष

काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन्।
नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए।
२०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यसपालि स्वतन्त्रबाट उनकी श्रीमती खड्का उम्मेदवार बनेकी थिइन्।
कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् भने कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।

पूर्वाधार निर्माण माओवादीको उच्च प्राथमिकतामा

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

प्रतिक्रिया