एरिक्सनको इखले बौरिएको डेनमार्क

काठमाडौँ : डेनमार्क सन् १९९२ मा युरो च्याम्पियन बन्यो । डेनमार्कले ठूला टिम सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितामा आजसम्म हात पारेको सबैभन्दा ठूलो सफलता पनि यही हो । डेनमार्कले यो सफलता हासिल गर्नु पछाडि भने एउटा रोचक प्रसंग छ । खासमा डेनमार्क त्यो साल युरोमा छनौट हुनै सकेको थिएन । डेनमार्कले युरो खेल्ने मौका पायाे, युगोस्लाभियाका कारण । युगोस्लाभियालाई युरोमा भाग लिन बञ्चित गरिएपछि यसको सट्टामा डेनमार्कले प्रवेश पायाे ।
त्यसबेला डेनमार्कले महादेशीय प्रतियोगिताका लागि तयारी गर्न जम्मा एक साताको समय पाएको थियो । जुन बाँकी सात टिमलाई पछि पार्दै उपाधि जित्न पर्याप्त भयो । यसपटकको डेनिस टिमलाई त्यो च्याम्पियन टिमसँग दाजिँदैछ । तर के डेनमार्कले आफ्नो स्टार खेलाडी क्रिस्टियन एरिक्सनविना युरो जित्ने सपना देखेको छ ? डेनमार्कका पूर्वमन्त्री लिके फ्रिस हरकोहीले यो सपना देखिरहेको बताउँछन् । ‘एरिक्सन घटनाबारे आउँदा धेरै वर्ष कुरा गरिनेछ । डेनमार्कमा मानिसहरूको दिमागबाट एरिक्सन ढलेको दृश्य हटेको छैन,’डेनमार्कका पूर्वमन्त्रीे फ्रिसले भनेका छन्,‘हाम्रो मस्तिष्कमा १९९२ को युरो पनि छ जहाँ हामी छोटो समयकै तयारीमा पनि च्याम्पियन बनेका थियौँ । यो अपत्यारिलो सुनिएला तर डेनमार्कमा सबैले यस्तो सपना देखेका छन् ।’
एरिक्सन मैदानमा ढलेको दृश्य जारी युरोको बिर्सनै नसकिने एक दृश्य बनेको छ । त्यो घटनापछि विश्वभरका तटस्थ समर्थकले युरोमा डेनमार्कलाई समर्थन गरिरहेको मान्छन्, पूर्वमन्त्री फ्रिस । डेनिस टिमकै मिडफिल्डर पियर एमाइल होयबर्ग आफूहरूका लागि युरो उतारचढावपूर्ण प्रतियोगिता रहेको बताउँछन् । फिनल्यान्डसँगको खेल सम्झिँदै होयबर्ग भन्छन्, ‘हामीले त्यो खेलमा आफूलाई र पूरै देशलाई गर्व महसुस गराउने गरी खेल्यौँ ।’
युरो १९९२ मा प्राप्त सफलता डेनिस फुटबलको सबैभन्दा ठूलो सफलता हो । छनौट हुन नसकेपनि भाग्यवस युरो जित्दा डेनमार्कले फाइनलमा जर्मनीलाई पराजित गरेको थियो । त्यस वर्ष डेनमार्क युरोपियन च्याम्पियन बन्दा कोपनहेगनकी निकोलाइन दुई वर्षकी थिइन् । बुवा आमाले उनलाई सधैँ त्यो सफलता चखिलो गरी सुनाएका छन् । डेनमार्क फेरि सफल भयो भने, निकोलाइन प्रत्यक्षदर्शी बन्नेछिन् र आफूलाई बुबा आमाले च्याम्पियनको कथा सुनाए झैं उनले पनि आफ्ना सन्तानलाई त्यस्तै कथा सुनाउनेछिन् । । ‘डेनमार्कमा उत्सव छ । सायद हामी फेरि च्याम्पियन बन्न सक्छौँ,’ उनी भन्छिन् ।
एरिक्सनले मैदान छाडेपछि डेनिस समर्थकले आफ्नो टिमप्रतिको अपेक्षा त्यागिदिएका थिए । यत्ति कामना थियो कि बाँकी कोही अस्वस्थ नहुन् । ‘हामीले टिमबाट कुनै आशा गर्ने भन्दा पनि सबै खेलाडी कुशल रहुन् भन्ने कामना गर्र्यौ,’ निकोलाइनले भनिन् । डेनिस नागरिकले अपेक्षा त्यागे पनि डेनमार्कले फिनल्यान्डसँगको खेलपछि गज्जबको लय समात्यो । समूह चरणको दोस्रो खेलमा बलियो बेल्जियमसँग २–१ ले हारे पनि डेनमार्क त्यसपछिका खेलमा अपराजित रह्यो ।
समूह चरणकै अर्को खेलमा डेनमार्कले रुसलाई ४–१ ले हरायो भने अन्तिम १६ मा वेल्समाथि पनि चार गोल ठोक्यो । यही दुई खेलको प्रदर्शनपछि हो डेनमार्कबासीमा सन् १९९२ को सपना बौरिएको ।डेनमार्क युरोमा क्रमशः अघि बढिरहँदा उता छिमेकी स्विडेन भने बाहिरीसकेको छ । स्विडेनको बर्हिगमनले डेनमार्कको क्वार्टरफाइनल यात्राको महत्व झन् बढेको छ ।
‘एरिक्सन घटनाबारे आउँदा धेरै वर्ष कुरा गरिनेछ । डेनमार्कमा मानिसहरूको दिमागबाट एरिक्सन ढलेको दृश्य हटेको छैन,’डेनमार्कका पूर्वमन्त्रीे फ्रिसले भनेका छन्,‘हाम्रो मस्तिष्कमा १९९२ को युरो पनि छ जहाँ हामी छोटो समयकै तयारीमा पनि च्याम्पियन बनेका थियौँ । यो अपत्यारिलो सुनिएला तर डेनमार्कमा सबैले यस्तो सपना देखेका छन् ।’
डेनमार्कको युरो यात्रालाई नजिकबाट नियालिरहेका स्थानीय खेलकुद पत्रकार फ्रेडेरिक दंग छन् । उनले सेमिफाइनलको टिकटसमेत काटिसके । उनको कामना छ , ‘त्यो टिकट रद्द गर्न नपरोस् । उनी साक्षी रहेको खेलले डेनमार्कलाई उपाधिको झन् नजिक लगोस् ।’ उनले त महिनौँ अघि नै आफ्ना साथीहरूलाई पनि डेनमार्कको ‘रेप्लिका’ जर्सी किन्न झक्झक्याएका थिए । अहिले डेनमार्कमा यस्तो जर्सीको अभाव छ । फ्रेडेरिकको सुझावलाई बेलैमा ध्यान नदिएकोमा ३२ वर्षीय आन्द्रेस थकथक मानिरहेका छन् ।
वास्तवमा राष्ट्रिय टिमले युरोमा देखाएको खेलले डेनमार्कमा एकता र राष्ट्रियताको भावना बलियो बनेको बताइन्छ । अनि एरिक्सन अस्पताल भर्ना भएपछि डेनिस टिम झन् इखालु भएको छ । ‘डेनिस खेलाडी प्रत्येक क्षण आफ्नो टिमका लागि खेलिरहेका छन् । त्यसकारण डेनिस टिम र पूरै डेनमार्कमा गज्जबको माहोल बनेको छ,’ फ्रेडेरिक भन्छन् ।
डेनिस खेलाडीको इखको असली परीक्षा शनिबार राति हुँदैछ । जहाँ उनीहरूले चेक गणतन्त्रको सामना गर्दैछन् । विजयी भए डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । त्यसपछि उनीहरूको भेट इंग्ल्यान्ड वा युक्रेनसँग हुनेछ । यीमध्ये एकलाई हराए, फाइनलको टिकट । क्वार्टरफाइनल पुगेर डेनमार्कले एक हदसम्मको सफलता हासिल गरिसकेको छ । तर होयबर्ग भने अहिले नै आफूहरू युरोमा सफल भइसकेको मान्न तयार छैनन् ।
२९ वर्षअघि डेनमार्कले युरो जित्दा पिटर स्माइकल गोलरक्षक थिए । अहिले उनकै छोरा कास्पर टिमको गोलपोस्ट सम्हालिरहेका छन् । कास्परबाहेक आन्दे्रस क्रिस्टिेनसन, सिमोन काएर र यानिक भेस्टेगार्ड जस्ता प्रतिभाशाली रक्षकहरूले अहिलेको डेनिस रक्षापंक्तिलाई अभेद्य बनाएका छन् । ‘हामी कसैले पनि आफ्नो जिम्मेवारीलाई हल्कारुपमा लिएका छैनौँ । सबैको लक्ष्य एउटै छ, डेनमार्क र डेनिस नागरिकलाई खुशी बनाउने,’ होयबर्गले भनेका छन् ।
डेनमार्कका लागि वेल्सभन्दा चेक गणतन्त्र कठिन विपक्षी सावित हुनसक्छ । तर डेनिस खेलाडीहरू चेकको चुनौती सामना गर्न तयार रहेको सन्देश दिइरहेका छन् । यस्तोमा उनीहरूलाई आत्मविश्वासी बन्न के ले प्रेरणा दिइरहेको छ ? ‘डेनिस समर्थकहरूले देखाएको स्नेहले । अनि हामीले देखेको सपनाले पनि’ २५ वर्षिय मिडफिल्डर होयबर्गको जवाफ छ, ‘ हामी सबैले सानो छँदा देखेको सपना, युरो र विश्वकप जस्ता प्रतियोगितामा डेनमार्कको जर्सी लगाउने त थियो । अहिले हामी त्यही सपना पूरा गरिरहेका छौँ ।

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया