बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी जित नजिक, अबिर जात्रा सुरु

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझी जित नजिक पुगेका छन् । हालसम्म माझीले ६२८० मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४७११ मत पाएका छन् ।

नेकपा एमालेका तुलसी राम विश्वास ३२६६ मत पाएका छन् । 

माझी जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् ।