बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

माओवादीले खोस्यो कांग्रेसले जितेको त्रियुगा-१२ को वडाध्यक्ष, राई निर्वाचित

काठमाडौँ- उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । राईले ९२३ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् ।

राईका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका संजिव काफ्लेले ३५९ मत ल्याए ।

यसअघि यो वडामा कांग्रेसका चुडाराज काफ्ले विजयी भएका थिए ।