मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कांग्रेसले जितेको महाबु गाउँपालिकाको अध्यक्ष पनि एमालेले खोस्यो, ३१२७ मत ल्याएर शाही विजयी

काठमाडौँ- दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले ३१२७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालमगरले ८४२ मत पाए भने रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाए ।

यसअघि यो गाउँपालिका कांग्रेसले जितेको थियो ।