मतदान प्रक्रिया सकियो, आजै रातिबाट परिणाम आउने

काठमाडौं - स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको बताए । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् । आज २९३ मतदान केन्द्रबाट मतदाताले मत प्रकट गरेका छन् ।
काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् ।
आज रातीबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पुर्ब जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन ।

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मधेस बालिका सम्मेलन–२०८२ सुरु

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

जै घाँस लगाउने किसानलाई प्रोत्साहन

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

प्रतिक्रिया