पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने

मुम्बई- डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।
फिल्मले प्रि थिएटरमा रिलिजसँगै एक हजार करोड कमाएको खबर छ । जहाँ पहिलो दिनको ओपनिङ १०० देखि २०० करोड भारु अनुमान गरिएको छ ।
तर अब रिलिज हुनुअघि ओटीटी रिलिजको अपडेट पनि आएको छ, जसका कारण कुन भाषाको ओटीटी प्लेटफर्ममा फिल्म हेर्न सकिनेछ ।
स्ट्रिमिङ अपडेट्सको एक्स पेजमा सेयर गरिएको पोष्टमा यस्तो लेखिएको छ, ‘पुष्पा २ द रुल’ डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिजपछि अधिग्रहण गरेको छ, तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दीमा। यो जानकारीपछि फ्यानले कति दिनपछि आउने हो भनेर सोधिरहेका छन् । यसबारेमा जानकारी अझै दिइएको छैन ।
‘पुष्पा २’ का निर्माताहरूले मुम्बईमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो, जसमा अल्लु अर्जुन र रश्मिका मन्दनाको पछिल्लो रिलिजसँग सम्बन्धित जानकारीको बारेमा खुलासा गरिएको थियो कि पुष्प २ विश्वव्यापी १० हजार स्क्रिनमा नभई १२ हजार स्क्रिनमा रिलिज हुँदैछ।
जसका कारण १२ हजार स्क्रिनमा रिलिज हुन लागेको ‘पुष्पा २’ यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अपेक्षा गरिएको छ ।
फिल्मको अग्रिम बुकिङ नोभेम्बर ३० बाट सुरु भएको छ । पहिलो दिनको उद्घाटन कलेक्शन कस्तो होला ? जसका कारण अहिले फ्यानहरूको नजर यसमा परिरहेको छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया