चेपाङ, मुसहर र विपन्न समुदायका १०३० बालबालिकाको स्वास्थ्य परीक्षण

चितवन- चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।
सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । भरतपुर अस्पतालसँगको सहकार्यमा इम्प्याक्टले ६ दिने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
शिविरको पहिलो दिन कालिका–१० निबुवाटारमा दुई सय २५, दोसो दिन वडा नं ११ रन्तेशमा एक सय ७५, तेस्रो र चौथो दिन इच्छाकामना–१ भाराङमा तीन सय ६९, पाँचौँ दिन हात्तीवाङमा एक सय ९१ र छैटौँ दिन सौराहास्थित सपना स्कुलमा ७० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।
नेदरल्याण्डस्को ‘मेडिकल चेक्स फर चिल्ड्रेन’ संस्थाका १० विदेशी चिकित्सको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सीमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य जोगाउन वार्षिक रूपमा बाल स्वास्थ्य शिविर गर्दै आएको बताए । छ दिनसम्म सञ्चालन भएको शिविरमा शिशुदेखि १२ वर्षसम्मका बालबालिकाको उपचार गरिएको थियो ।
चेपाङ र मुसहर बालबालिकामा खाना अभावका कारण कुपोषण हुने, उमेरअनुसार तौल नहुने समस्या रहेको अध्यक्ष गिरीले बताए । इम्प्याक्टले चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी सर्वोत्तम पीठो पनि वितरण गरेको छ । सुरुमा निःशुल्क र त्यसपछि १० प्रतिशतमात्र शुल्क लिएर सर्वोत्तम पीठो वितरणलाई निरन्तता दिएको उनले जानकारी दिए ।
सर्वोत्तम पीठो वितरण गर्न थालेपछि चेपाङ बालबालिकामा कुपोषणको समस्या ९० प्रतिशत सामाधान भएको अध्यक्ष गिरीको भनाइ छ । इम्प्याक्टले सम्बन्धित पालिकाबाट अनुमति लिएर बाल स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सपनाले विगत १८ वर्षदेखि चेपाङ बस्तीमा बाल स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया