प्रिमियर लिग : वेस्टह्यामको पोस्टमा आर्सनलको पाँच गोल

काठमाडौँ- जारी सिजनको प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोलले पराजित गरेको हो। सबै गोल खेलको पहिलो हाफमा भएका थिए।
आर्सनलले अग्रता गाब्रियलको गोलबाट सुरू भएको थियो। गाब्रियलले खेलको १० मिनेटमा गोल गरेका थिए।
२७ मिनेटमा ट्रोस्साड, ओडेगार्डले ३४ मिनेटमा पेनाल्टीमा, काई हाभार्टजले ३६ मिनेटमा र बुकाओ साकाले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए।
वेस्ट ह्यामका वान बिसाकाले ३८ र एमर्सनले ४० मिनेटमा गोल फर्काएका थिए। दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल भएन।
जितसँगै १३ खेलबाट आर्सनलले २५ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १२ खेलमा ३१ अंकसहित शीर्षस्थानमा छ।
वेस्ट ह्याम युनाइटेड १३ खेलमा १५ अंकसहित अंक तालिकाको १४औं स्थानमा रहेको छ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया