आजको मौसम : कहाँ-कहाँ छ हिमपातको सम्भावना ?

काठमाडौँ- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले पर्यटन तथा पर्वतारोहणमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

प्रतिक्रिया