मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

‘गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउनुपर्छ’

बारा - मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्विक महत्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन लाग्नुपर्ने बताएका छन् ।

आज यहाँ सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्री लेखीले भारतको अयोध्यामा दिनहुँ अढाई लाखसम्म दर्शनार्थीहरू रामलालको दर्शन गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै  गढीमाईमा पनि तिनै तहको सरकार मिलेर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । 

उनले भारतका धार्मिक मेलाहरूको अवलोकन गर्नेहरूलाई गढीमाईलगायत मधेशका धार्मिकस्थलको अनिवार्य दर्शन गर्ने गरी माहोल मिलाउन लाग्नुपर्ने धारणा राखे ।  “मधेश प्रदेश सरकारले गढीमाईमा बढीभन्दा बढी दर्शनार्थी आउने वातावरण बनाउन भौतिक पूर्वाधारदेखि पर्यटकलाई आकर्षित गर्न आवश्यक सहयोगका लागि तयार छ ।

 जनकपुरधामस्थित माता सीताको पुण्य भूमिबाट अयोध्या जोड्ने सर्किट विकास गर्ने कुरा छ, गढीमाईको मन्दिर बरियापुरबाट पनि अयोध्या जोड्ने सर्किटको निर्माण गर्न पहलकदमी लिन सरकार लागिपर्छ । यहाँहरूले पनि यसमा सहयोग गर्नुपर्यो”, मन्त्री लेखीले भने ।