चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह

काठमाडौं - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताएका हुन ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उनले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस– एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि उनले बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनको भनाइ थियो ।
त्यस्तै उनले ओली सरकार ढल्छ भनेर अफवाह फैलाइएपनि त्यसमा सत्यता नरहेको दाबीसमेत गरेका छन् ।
‘कांग्रेस सभापती शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ, सरकारमा समस्या छैन्’ उनले भने । राजनीतिक स्थायीत्व र स्थीरताको जगमा आर्थिक समृद्धि र विकासनै सरकारको प्रमुख प्राथमिकता रहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।
त्यस्तै, उनले संघीयताको मर्मअनुसार तल्लो तहमा शक्ति हस्तान्तरण नहुँदा अहिले संघीयतामा नै प्रश्न उठेको जनाए । सिंहले संघीयतालाई बलियो बनाउन संविधानको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड थियो ।
असहज अवस्थामा देशलाई कांग्रेसले नै निकास दिएको चर्चा गर्दै अब पनि देशको आर्थिक समृद्धि र विकास कांग्रेसले नै गर्ने र त्यसका लागि सुदृढ र एकतावद्ध कांग्रेस बनाउनुपर्नेमा जोड थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया