प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा कांग्रेसले भन्यो- निःशुल्क र गुणस्तरीय शिक्षा आजको आवश्यकता

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले गुणस्तरीय र नि:शुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन्।
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले गुणस्तरीय र नि:शुल्क शिक्षा नै आजको आवश्यकता भएको औंल्याए।
'नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने भएकाले जनताका लागि शिक्षा र स्वास्थ्यको सेवा प्रवाह राज्यले नै दिनुपर्छ भन्नेमा दृढ छ। राज्यले यसको दायित्व लिनुपर्छ। गुणस्तरीय र नि:शुल्क शिक्षा नै हाम्रो पहिलो प्राथमिकता हो,' उनले भने। कांग्रेस पार्टी नि:शुल्क र गुणस्तरीय शिक्षाको नीति निर्माणमा समेत जुटेको उनले जानकारी दिएका छन्।
'कांग्रेस उदारवादमा विश्वास गर्ने पार्टी हो। व्यक्तिको आफ्नो पनि क्षमता छ। उसले आफ्नो वृत्ति विकासमा छुट पाउनुपर्छ भन्ने कुरामा कांग्रेस प्रतिबद्ध छ। नेपालको संविधानले प्रतिबद्धता व्यक्त गर्दा गर्दै पनि हामीले नि:शुल्क र गुणस्तरीय शिक्षाको व्यवस्थापन सरकारका तर्फबाट मात्रै हुने देखेका छैनौं,' उनले भने, 'सरकारसँग बजेट अभाव छ। हाम्रो अर्थतन्त्र त्यति बलियो छैन। यसको कार्यान्वयनमा निजी क्षेत्रका ब्याप्सन जस्ता संघ-संस्थाले खेलेको भूमिका प्रशंसा योग्य नै छ। र, आगामी दिनमा त्यस्तो भूमिका थप आवश्यक छ।' उनले निजी क्षेत्रका शैक्षिक संस्थाको लगानीको सुरक्षा प्रत्याभूत गर्ने जिम्मेवारी सरकारको भएको र त्यसबाट सरकार विमुख हुन नहुनेसमेत बताएका छन्।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया