अवैध एक किलो सुनसहित चितवनका सुवेदी विमानस्थलमा पक्राउ

काठमाडौं - त्रिभुवन विमानस्थलमा अबैध सुनसहित एक पक्राउ परेका छन् ।
विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशीष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।
रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ ।
भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्याएकामा १० हजार दिने आश्वासन पछि सो सुन ल्याएको उनले प्रारम्भिक बयान दिएका छन् ।
सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ । थप अनुसन्धान जारी राखिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया