रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण

काठमाडौँ - रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए उपग्रह कक्षामा पुगेको विज्ञप्ति मार्फत घोषणा गरेको छ । कोन्डोर–एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ ।
रूसमा आधारित रकेट डिजाइन ब्यूरो (एनपीओ) ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो । दुई थप उपग्रहहरू हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया