गगन थापाले गरेको टिप्पणीप्रति दया लाग्यो : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न आफूले काँग्रेस सभापतिलाई आग्रह गरेको गगन थापाको टिप्पणी झूटो भएको स्पष्ट पारेका छन् ।
शनिबार आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले हप्तामा एकपटक कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको भन्ने गगन थापाको भनाइ शतप्रतिशत झूटो भएको स्पष्ट पारेका हुन् ।
उनले आफू प्रति लगाएको झूटो आरोपको आत्म समीक्षा गर्न थापालाई सुझाव समेत दिए । प्रचण्डले गगन थापासँग युवा नेताको रुपमा आफूले केही समय अघिसम्म सहकार्य गरेपनि अहिले केही महिनाभित्र थापामा आएको परिवर्तन र तल झरेर आफू प्रति गरेको टिप्पणी देख्दा आफूलाई थापा प्रति दया लागेको जिकिर गरे । उनले सरकारबाट बाहिर आएर जनतामा जाँदा नै सहज भएको भन्दै सरकार ८४ सम्म चलाउन काँग्रेस–एमालेलाई भनेको धारणा राखे ।
त्यस्तै उनले कीर्तिपुरमा चुनावी अभियानका क्रममा गगन थापाले हावादारी कुरा गरेको समेत बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया