मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा : मन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उहाँले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गरेका हुन् ।
मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
“केही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए”, उनले भने, “ती समस्या समाधान गर्न, क्षति न्यूनीकरण गर्न तथा आरक्षबाट पीडित, विस्तापित भएका मानिसलाई पुनःस्थापना गर्न अधिकार सम्पन्न आयोग बनाएका छौँ ।”
वनलाई जनतासँग जोड्न, वन र जनताबीचको सम्बन्ध सुमधुर बनाउन तथा वनका माध्यमबाट जनतालाई समृद्धितर्फ लैजान मन्त्रालयले वन विकास कार्यक्रम अगाडि बढाएको वनमन्त्री शाहीले उल्लेख गरे । वन र पर्यटन, राष्ट्रिय निकुञ्ज र पर्यटनलाई एकापसमा जोड्ने प्रयास निरन्तर जारी रहने उनी बताउँछन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया