कर्णालीमा सुशासन सम्मेलन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबारदेखि सुशासन सम्मेलन सुरु भएको छ । प्रदेशका विभिन्न जिल्लाका अभियन्ताहरूको सहभागितामा प्रदेश तथा स्थानीय सुशासन सम्मेलन सुरु भएकाे हो । युरोपियन युनियनको सहयोगमा सहकर्मी समाजले उक्त कार्यक्रमको आयोजना गरेको छ ।
चार दिनसम्म चल्ने कार्यक्रममा स्थानीय तहहरुबीचका सिकाइ आदानप्रदान गर्नुका साथै प्रदेश सुशासन सञ्जाल गठन गरिनेछ । त्यसैगरी कर्णाली प्रदेशसभाका सांसदहरुबीच छलफल गराइने कार्यक्रम रहेको ‘सुशासनमा नागरिक सहभागिता कार्यक्रम’ का संयोजक हरि उपाध्यायले जानकारी दिए ।
गठन भएको प्रदेश स्तरीय संजालले यस क्षेत्रको सुशासनको प्रवर्दन विषयमा काम गर्ने उपाध्यायले जानकारी दिए । सुशासन जवाफदेहीता र पारदर्शिताका माध्यमबाट नागरिक र स्थानीय सरकारको सहभागितामुलक र उनीहरुको सम्बन्धलाई सुमधुर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले सुशासनलाई बलियो बनाउनको लागि सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए । सुशासन बलियो बनाउन नागरिक बलियो हुनुपर्नेमा उनले जोड दिए । कर्णालीमा पृथक खालको ऐन ल्याउन लागिएको उनले बताए ।
कार्यक्रममा सहकर्मी समाजका अध्यक्ष रत्न गाहमगरले कार्यक्रमले सुशासनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरी निष्कर्ष निकालिने बताए । सुशासनलाई बलियो बनाउन कानुनमा भएका प्रावधानहरू कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा कालिकोट, जाजरकोट, सल्यान र सुर्खेतका विभिन्न संघ संस्था तथा संजालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
आइतबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय सुशासन सम्मेलन २०७७ कार्यक्रममा बोल्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया