सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

देउवाको धनगढी निवासअगाडि बम राख्ने युवक पक्राउ

फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिकैको घरअगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत)का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो । उनी नेकपा (बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरीले बताएको छ ।

गत भदौमा देउवाको निवासअगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो । विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।