जासुसी गरेको भन्दै चीनले पठायाे पत्रकारलाइ ७ बर्षको जेल सजायँ

चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ ।उनको परिवारले यसबारे जानकारी दिदैँ जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो ।’
शुक्रबारको आफ्नो फैसलामा कम्युनिष्ट पार्टीको बेइजिङ नम्बर २ मध्यवर्ती जन अदालतले गुआङ्मिङ डेलीका ६२ वर्षीय पूर्व सम्पादकलाई वरिष्ठ जापानी कूटनीतिज्ञहरूसँगको भेटेकै आधारमा दोषी ठहर गरेको उनको परिवारले जनाएको छ।
फैसला अनुसार तत्कालीन राजदूत हिदेओ तारुमी र वर्तमान सांघाईमा रहेका मुख्य कूटनीतिज्ञ मासारु ओकाडा लगायत जापानी कूटनीतिज्ञ डोङले भेटेका थिए, जसलाई ‘जासुसी संगठन’को एजेन्टको नाम दिइएको थियो।
प्रहरीले शुक्रबार अदालतको सुरक्षामा ७ प्रहरी कारहरू नजिकै पार्क गरेर बसेका पत्रकारहरूलाई क्षेत्र छाड्न आग्रह गरेको थियो। ‘कुनै प्रमाणले विश्वलाई चीनको न्याय प्रणालीको दिवालियापन घोषणा गर्दैन् भन्ने आधारमा सजाय सुनाइएको छ,’ परिवारको विज्ञप्तिमा भनिएको छ।
पेकिङ युनिभर्सिटी ल स्कूलबाट स्नातक गरेपछि डोङ सन् १९८७ मा गुआङ्मिङ डेलीमा सामेल भएका थिए र त्यसको कमेन्टरी खण्डको उपसम्पादकको जिम्मेवारीमा थिए। उनका लेखहरूले राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष आलोचना नगरे पनि मध्यम सुधारको वकालत गर्दै आएका थिए ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया