सरकारले अब राेजगारी सिर्जना गर्नुपर्छ : मन्त्री सिंह
तनहुँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब राेजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँकाे भानु नगरपालिकामा नयाँ शहर आयाेजना कार्यालय डुम्रे-भन्सार तनहुँकाे एकीकृत सरकारी भवनकाे उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्ताे बताएका हुन् ।
शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै राेजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले याेजनाहरू बनाउनुपर्न उनकाे सुझाव थियाे ।
उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जाेड दिए। तल्लाे तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए।
राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएकाे बताए। ` राजनीतिक स्थिरता र स्थायित्व भयाे भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएकाे हुनुपर्छ ,´ उपप्रधानमन्त्री सिंहले भने, `त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेकाे छ । राजनीति स्थिरताकाे जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेकाे छ ।´
भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले नयाँ शहर आयाेजना कार्यालय डुम्रे-भन्सार तनहुँकाे एकीकृत सरकारी भवनकाे निर्माणले
नागरिकलाई सेवा प्रवाहमा सहज भएकाे बताए । उनले भानु नगरलाई साँस्कृतिक रूपमा ऐतिहासिक नगरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफूले काम गरिरहेकाे र त्यसमा शहरी विकास मन्त्रालयकाे साथ पाउने विश्वास पनि व्यक्त गरे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया