इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

गाजा- गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।
लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका र उक्त घटनामा कैयौँ घाइते भएका छन् भने देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।
गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् । (क्यूएनए)

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया