कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका

कतार- कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ ।
यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका साथमा फर्काइने भएको छ।
बालबालिकाका लागि रुसी आयुक्त मारिया लभोभा बेलोभाले बिहीबार पत्रकारहरूलाई बताइन् कि ६ देखि १६ वर्षका सात बालबालिकालाई रूसबाट युक्रेनमा नजिकका आफन्तहरूसँग बस्न पठाइने सहमति भएको छ। उनका अनुसार ती युक्रेनी बालबालिकाहरू रसियामा फरक परिस्थितिमा बस्दै आएको बताइन्।
उनका अनुसार ती युक्रेनी बालबालिका धेरैजसो हजुरबुबा हजुरआमासँग बस्दै आएका थिए । जसमध्ये यद्यपि एक १६ वर्षीय किशोर रूसी अनाथालयमा बसिरहेको थियो।
उता ७ र ९ वर्षका दुई बालबालिका पनि युक्रेनमा धेरै वर्षसम्म अभिभावकसँग बसेपछि रसिया फर्किन लागेको बताइन्।
कतारले जारी गरेको एक विज्ञप्ति अनुसार बालबालिकाको फिर्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरू अनुसार शान्तिपूर्ण माध्यमबाट मध्यस्थता र द्वन्द्व समाधानको दृष्टिकोणको विस्तार हो।
यस वर्षको सुरुमा कतारले युक्रेनमा रहेका २२ बालबालिकालाई उनीहरूको रूसमा रहेका परिवारमा फिर्ता गर्न वार्ता गर्न पनि मद्दत गरेको थियो।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया