अधिकारीले जिते, शर्माले हारे

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न चुनावमा आकाश अधिकारी विजयी भएका छन् । उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गरेका उनले एसोसियट तर्फको सदस्य पदमा ४९ मत प्राप्त गर्दै महासंघमा दोस्रो कार्यकालका लागि आफ्नो स्थान सुरक्षित राखेका हुन् । अघिल्लो साल पनि अधिकारी निर्वाचित भएका थिए ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँगै चलचित्र संघका महासचिव अशोक शर्मा पनि महासंघको चुनावमा मैदानमा थिए । शर्माले भने जितका लागि चाहिने पर्याप्त मत प्राप्त गर्न सकेनन् । महासंघको चुनावमा निर्माता संघ, चलचित्र संघसँगै सांगीतिक संघ एसोसिएटबाट सदस्य रहँदै आएका छन् ।
जितपछि प्रतिक्रिया दिँदै आकाश अधिकारीले महासंघमार्फत् नेपाली फिल्मलाई थप उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् । उनको नेतृत्वमा महासंघमा ‘फिल्म एन्ड इन्टरटेनमेन्ट फोरम’को गठन भएको छ जसले अन्य संस्थासँगको सहकार्यमा हेटौंडा र वीरगञ्जमा फिल्म संगीत सम्बन्धी कार्यक्रम गरेको थियो ।

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

प्रतिक्रिया