वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद

बैतडी - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताएका छन् ।
बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामथ्र्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताए । चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उनले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताए ।
“नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन । ऋण लिन सक्ने नेपालको सामथ्र्य नभएकाले छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ”, नेता साउदले भने । आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्याङ्कन गर्ने उनले बताए । गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारबाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले बताए ।
कांग्रेसको एक सय दिने विषेश अभियानका लागि प्रतिनिधिका रुपमा नेता साउदसँगै खटिएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आङ्गेलु शेर्पाले पार्टीको साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताए ।
उनले भने, “अभियान प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । यसले आगामी दिनमा कांग्रेसलाई थप मजबुद र सबै तहका साङ्गठनिक गतिविधि प्रभावकारी हुने विश्वास छ ।”

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया