मुलुकलाई अघि बढाउन धेरै राजनीतिक दलहरू नभइ बलियो राजनीतिक दल हुनुपर्छ - महासचिव पोखरेल

काठमाडौँ - नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई अघि बढाउन धेरै राजनीतिक दलहरू नभइ बलियो राजनीतिक दल हुनुपर्ने बताएका छन् ।
बिहीबार कीर्तिपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले धेरै राजनीतिक दल र धेरै सरकार परिवर्तन हुने गर्दा मुलुक विकास हुन नसक्ने भन्दै धेरै भन्दा थोरै तर बलिया राजनीतिक दल आवश्यक रहेको बताएका हुन् ।
नेपालमा छिटो छिटो सरकार परिवर्तन हुने गरेकाले देश बन्न नसकेको उनले बताए । उनले ३२ सिट भएकाले म्याजिक नम्बर भन्दै सरकारको नेतृत्व गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । पोखरेलले देशलाई अघि बढाउनका लागि युवाहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए ।
उनले एमाले नेतृत्वको सरकारमा पालामा युवाहरूको विदेश पलायन कम भएको तथ्याङ्कले देखाएको जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया