अहिलेको उपनिर्वाचन भ्रष्टाचारका पक्ष र विपक्षको जनमत संग्रह जस्तै - प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोजेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंको कीर्तिपुरमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले भ्रष्टाचारीलाई जोगाउने र आफू अनुकूलको अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोजेको आरोप लगाएका हुन् ।
प्रचण्डले सरकारले जथाभावी काम गरे जनताले फैसला सुनाउने भन्दै जरुरी पनि आफूहरू पनि नयाँ आन्दोलनतर्फ जाने चेतावनी दिए । प्रतिपक्षीका तर्फबाट केही मागहरू सरकारसमक्ष प्रस्तुत गरेकाले मागको सरकारले सुनुवाई नगरे प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको धारणा राखे । अध्यक्ष प्रचण्डले अहिलेको उपनिर्वाचन भ्रष्टाचारका पक्ष र विपक्षको जनमत संग्रह जस्तै भएको बताए । उनले अहिलेको सरकार असंवैधानिक भएको समेत जिकिर गरे ।
प्रचण्डले अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताए । माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया