विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान : मन्त्री पाण्डे

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन्।
काठमाडौंमा आयोजित चौथो विश्व शान्ति पूजाका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन ठूलो योगदान पुगेको बताए।
ज्ञानबाट धन तिर जान लागेको समाजलाई बुद्ध मार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उनको भनाइ थियो। मन्त्री पाण्डेले नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एक पटक नेपाल आउनु पर्ने बताउँदै एकपटक आएकोले पटक-पटक आउने वातावरण बनाउनु आवश्यक रहेको धारणा राखे।
विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनु पर्ने उनको भनाइ थियो।

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

प्रतिक्रिया