बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच शिष्टाचार भेटर्वाता भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै दुई देशका साथै जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोग निरन्तर अभिवृद्धि भइरहेको बताए । 

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार र प्रवर्द्धन गर्न कोसेढुङ्गा सावित गरेको मन्त्री भण्डारीले उल्लेख गरे । 

“नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा दक्षिण कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ”, उनले भने, “नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवर्द्धन र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान र सीपबाट हामी थप लाभान्वित हुन चाहन्छौँ ।”

कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र हुन्डाइ मोटर्सले नेपालमा ‘असेम्बलिङ’ प्लान्ट स्थापना गरी टेलिभिजन र कार उत्पादन गरिरहेकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले कोरिया सरकारमार्फत लगानी बढाउन आग्रह गरे । 

“पछिल्लो समयमा केही कोरियाली बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी विस्तार गरेकामा हामीलाई खुसी लागेको छ । लगानीका क्षेत्रमा दुई मुलुकबीच अपेक्षित रूपमा सहकार्य विस्तार हुन सकेको छैन, तसर्थ आगामी दिनमा नेपालमा कोरियाली लगानी थप विस्तार भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुँदै जानेमा विश्वास लिएका छौँ”, मन्त्री भण्डारीले भने । 

राजदूत तेयोङले नेपालमा कोरिया सरकारले लगानी बढाउन चाहेको बताए । उनले अहिलेसम्मका लगानी मात्र पर्याप्त नभएको उल्लेख गर्दै नेपालका जुनसुकै क्षेत्रमा लगानी बढाउन कोरिया सरकार तयार रहेको मन्त्री भण्डारीलाई जानकारी दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तेयोङले उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने ठाउँ पाए दक्षिण कोरिया सरकारले लगानी बढाउँदै जाने बताएका थिए । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता