‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् ।
डिजिएम नेपालका प्रतिनिधिसँग आज भएको भेटमा मुख्यमन्त्री सिंहले स्थानीय परम्परागत ज्ञान तथा सीपको विकासलाई प्राथमिकतामा राखेर जीविकोपार्जनका आधार तय गर्न र लक्षित समुदायको सही पहिचानमासमेत ध्यान दिन परियोजनाका अधिकारीलाई सुझाए ।
उनले भूमिहीन जनताका लागि वन, कृषि र रेशामा आधारित उद्यमका लागि ऋण प्रवाह गर्ने, ऋण लिने क्षमता अभिवृद्धि गर्दा उद्यम व्यवसायका स्वरूप, सम्भावना, लाभका बारेमा समेत लेखाजोखा गरिए परियोजना उपलब्धिमूलक हुने उल्लेख गरे । मुख्यमन्त्री सिंहले कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने समेत बताए ।
डिजिएम परियोजना अन्तर्गत वनमा आश्रित समुदायको जीविकोपार्जनमा सुधार, वनको दिगो व्यवस्थापनका क्रियाकलापमा आदिवासी जनजाति र स्थानीय समुदायको सहभागिता प्रवद्र्धन, जलवायु परिवर्तन् न्यूनीकरण र अनुकूलन, जैविक विविधता संरक्षण लगायतका क्रियाकलापमा साना अनुदान उपलब्ध गराउने कार्यक्रम छन् ।
मधेश प्रदेशका आठ जिल्लाका २५ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ । भेटमा डिजिएम परियोजनाका टोली नेता रत्न कार्की, ‘सोसल सेफगार्ड स्पेसलिस्ट’ प्रियाङ्का झा, वातावरणविज्ञ रिना सङ्ग्रौला, प्रदेश संयोजक मनोजकुमार सिंहलगायत सहभागी थिए । रासस

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया