घोडामा ट्र्याक्टर ठोक्किएपछि रुकुम पश्चिममा दुई समूहबीच झडप, दुई जना घाइते

काठमाडौँ : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ मा दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार साँझ भएको झडपमा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक कपिल शाहीकाअनुसार सामान बोकेर ल्याइएको घोडालाई र ट्र्याक्टरले छोएपछि उत्पन्न विवादपछि झडप भएको हो ।
'पहिलेदेखिनै दुई समूहको विवाद रहेछ,' प्रवक्ता शाहीले इकागजसँग भने, 'ट्याक्टरले घोडालाई छोएपछि उत्पन्न विवाद झडपमा परिणत भयो । ट्याक्टर पक्षका दुई जना घाइते भएको जानकारी आएको छ । थप विवरण प्राप्त भएको छैन ।' प्रहरी टोली घटनास्थल पुगिसकेको भए पनि सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे थप जानकारी नआएको उनले बताए ।

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

प्रतिक्रिया