भूमिगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

काठमाडौँ- विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.५ इन्चले ढल्काएको छ।
नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।
जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ।
सियोल नेशनल युनिभर्सिटीका भू-भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्वमा गरिएको अनुसन्धानले देखाएको छ कि जलवायु परिवर्तन सम्बन्धित कारक हरू मध्ये यो पनि एक हो । भु जल पुनर्वितरणले पृथ्वीको घुमाउरो ध्रुवको झुकावमा सबैभन्दा ठूलो प्रभाव पार्छ।
अध्ययनका अनुसार सन् १९९३ देखि २०१० सम्म करिब २ हजार १ सय ५० गिगाटन भूमिगत पानी निकालिएको थियो । यसले ग्रहको झुकावमा ठूलो परिवर्तन ल्यायो। धेरै जसो पानी अन्ततः महासागरहरूमा जान्छ, जसले गर्दा समुद्रको सतह बढिरहेको छ ।
नासाका अनुसार पृथ्वीको यो झुकावका कारण पृथ्वीमा मौसम परिवर्तनहरू भईरहेका छन्। यो पुरानो झुकाव मंगल ग्रहको आकारको वस्तु थियासँग ठूलो पुरातन टक्करको कारण भएको थियो। यो ब्रह्माण्डीय टक्करले स्थायी रूपमा पृथ्वीलाई आफ्नो अक्षमा झुकायो । वसन्त, गर्मी र जाडोको चक्र सिर्जना गरिदियो ।
अध्ययनका अनुसार हालैको झुकावले मौसममा छिटोछिटो परिवर्तन त गर्दैन तर यसले विश्वव्यापी जलवायु ढाँचालाई असर भने गर्न सक्छ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया